जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पास लिनका लागि अनावश्यक फोन नगर्न सूचना जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक ‘डीएओ धनुषा’ पेजमार्फत पासका लागि अनावश्यक फोन नगर्न प्रजिअ बास्तोलाले सूचना जारी गरेका हुन् ।

धनुषा जिल्लाभर आज विहानबाटै १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाका बेला हिड्डुल गर्न पास माग्दै फोन गर्नेहरुबाट हैरान बनेपछि प्रजिअ बास्तोलाले सूचना जारी गरेको बुझिएको छ ।

सूचनामा भनिएको छ, ‘हामीले दिएको पासले तपाईंहरुलाई कोरोना संक्रमण हुँदैन र पास कोरोना रोक्ने औषधी भएको भए २४ घण्टा खटिएर यो बेला हजुरको घर–घर पास पुराइदिन्थे ।
घरमा बसौ सुरक्षित हौ, यहिनै छ आग्रह ।’