कपिलवस्तु : कष्णनगर नाका हुदै भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियन्त्रण तथा रोकथामका जनचेतनामूलक कार्यक्रम गरि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधान अफै सिमा क्षेत्रमा खटि भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्नु भयो । प्रधानले सेनेटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिनु भयो । ससस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाटी जनचेतना कार्यक्रम समेत गरेका छन।
कार्यक्रमलाई सम्बाेधन गर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खाेलिएकाे हुनले काेभिड १९ नियन्त्रण गर्न सजिलाे हुने बताएका छन । कार्यक्रमकाे अध्यक्षता गरेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले काेराेना नियन्त्रकमा कृष्णनगर नगरपलिका हातेमालो गर्दै अघि बढेको बताउनु भयो । नगरपलिकाले सबै वडामा ५,५ वेडकाे आइसुलेसन छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले बताउनु भयो ।
सिमानाकाकाे जिम्मा पाएका सशस्त्र प्रहरीले जनताकाे स्वास्थ्य सुरक्षा र काेराेना बाट बच्नकाे लागि भारतसंग सटेकाे लुम्बिनी प्रदेशकाे भैरहवा,कृष्णनगर तथा नेपालगंजकाे जमुनाहा नाकामा मस्क वितरण तथा जनचेतना कार्यक्रम गर्ने याेजना रहेकाे सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएकाे छ । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे थियो ।