काठमाडौँ :  कोरोना संक्रमणको लहर तीव्र भए पछि उपत्यकामा जारी निषेधाज्ञा बैशाख २९ गते सम्म लम्विएको छ ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। साथै अब निषेधाज्ञा थप कडा पार्ने पनि निर्णय भएको छ ।

बैठकले यस अघि साँझ बिहान खोल्न दिईदै आएको किराना पसल साँझ खोल्न नपाईने पनि निर्णय गरेको छ ।
बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्।

बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ।

काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य(निर्णय)सहित