जनकपुरधाम :  नेपालमा कोरोनाले विकराल रुप लिँदै गएको छ । आज पहिलो पटक एकै दिन नेपालमा कोरोनाले ५५ जनाको ज्यान लिएको छ । ती विभिन्न अस्पतालमा वितेको २४ घण्टामा ती संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर ७ हजार ६६० जना संक्रमित भएका छन् । यो पनि हाल सम्मकै उच्च संख्या हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ