• जयनाथ यादव

मधेश टप डेस्क,लहान : लघु उधम विकास र पर्वद्धनको माध्यमबाट लघु तथा साना व्यवसाय गरी गरीबी निवारणमा सहयोग पुर्योउन उदेश्यले नेपाल सरकारले स्वीकृत गरेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिरहाको भगवानपुर गाउँपालिकाले सिलाई कटाई र ब्युटी पार्लर कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले उद्धघाटन गरेको छ। कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव ,वडा अध्यक्षहरु र उधम विकास सहजकर्ता रिना कुमारी सिँह ,पुर्ण कुमारी वि.कको समेत उपस्थिति रहेको थियो ।

भगवानपुर गाउँपालिकाका प्रप्रअ दिलिप कुमार यादवले “सिप सिकौ स्वरोजगार बनौँ” नाराका साथ गरिबी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय को आर्थिक सहयोग र भगवानपुर गाउँपालिका आयोजनामा संचालित २ महिने सिलाई कटाई तालिम र ४५ दिने ब्युटी पार्लर तालिमको संचालन गरेको ‘उनले भने’ ।

सिलाई कटाई तालिममा २७ जना सहभागीहरु लाई १० वटा मेशिन , ५४ मिटर कपडा ,२८ पिर चोला कपडा ,२७ वटा कैचीं ,२७ वटा ईन्चीटेप साथै ब्युटी पार्लरमा सहभागी १४ जना लाई ब्युटी पार्लरमा प्रयोग हुने सर- समानहरु उपलब्ध गराएको यादवले जानकारी दिएको छ ।