जनकपुरधाम : नेपालमा  थप ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो।

आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो।

यससँगै पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा ३ हजार ९७२ जना कोरोना संक्रमित थपिएका छन्।

जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ।

यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ।

यस दिन कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। यससँगै मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको छ।

यससँगै २ हजार ७०७ जना निकाे भएका छन्। यससँगै कोरोना निको हुनेको दर ७९‍ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म २ लाख ९२ हजार ४९० जना कोरोना निकाे भएका छन्।