• राजेन्द्र महतो
लहान । सिरहाको गोलबजार न. पा.निवासी स्वर्गीय गुरु शरण सदायको परिवारलाई सिरहा सेवा समिति दोहा कतारले आर्थिक सहयोग गरेको छ।
गोलबजार नगरपालिका – ६ स्थित रहेको गुरु शरण सदायको निजि निवासमै पुगेर बिहिवार स्थानीय युवाहरुको साथमा सिरहा युवा संजालका अध्यक्ष नागेश्वर राय ले उनकी श्रीमती शान्ति सदायलाई रु. ३१ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।
स्व.सदा मुसहर समुदायका एक प्रेरणादायी युवा, गायक, मैथली चलचित्रका चर्चित कालाकार तथा पत्रकार रहेका थिए ।
उनको गत चैत ६ गते को असामायिक निधन भएको थियो ।
सिरहा सेवा समिति दोहा कतारका अध्यक्ष प्रेम मण्डलले कतार बाट पठाइएको उक्त रकम सिरहा युवा संजालका अध्यक्ष नागेश्वर राय,सन्तोष यादव,रामगेन सदा,सुभाष यादव र हेमन्त सिंह लगायतका युवाहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ।