मधेश टप डेस्क,

जनकपुरधाम :  प्रादेशिक अस्पताल जनकपुरमा एकसाथ ८ वटा भेन्टिलेटर जडान भइरहेको छ । दुईदिन अघि युएस एड भन्ने संस्थाले सहयोगमा दिएको चारवटा नयाँ भेन्टिलेटर २४ घण्टा समेत नचलेर बिग्रिएको थियो ।

त्यस पश्चात प्रदेश २ समाजिक विकास मन्त्रालयले प्रदान गरेको आठवटा नयाँ भेन्टिलेटर जडान हुन लागेको हो । शुक्रबार बिहानैदेखि भेन्टिलेटर जडानको काम भइरहेकोप्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालमा प्रदेश सरकारले केहि महिना अघि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो । यधपि सेवा सुविधा र उपकरणको मामलामा झुर रहेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना हुँदै आएको थियो ।

व्यापक आलोचना पश्चात समाजिक विकास मन्त्रालयले उपलब्ध गराएको आठवटा नयाँ भेन्टिलेटर प्रदान गरेको हो ।

प्रादेशिक अस्पतालमा भेन्टिेलटर नहुँदा कोरोना महामारीलगायत अन्यदिनमा समेत सिकिस्त विरामी बाहिर रेफर गरिँदै आएको छ । नयाँ भेन्टिलेटर जडानले केहि बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ । प्रादेशिक अस्पताल प्रदेश २ कै सबैभन्दा ठूलो हस्पिटलको रुपमा रहेको छ ।