रौतहट :  रौतहट जिल्लामा आज निषेधाज्ञाको पहिलो दिन सवारी आवागमनमा कडाइका साथ ठप्प देखिएको छ । काम बिना हिडने सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छन् । जिल्लाको सदरमुकाम र मुख्य व्यापारिक बजार गौर, गरुडा, कटहरिया, चपुर, मौलापुर, बंकुल लगायतका विभिन्न स्थानका बजारहरु पुर्ण तरिकाले ठप्प रहेका छन् ।

केही दिन देखि दोस्रो चरणको महामारी कोरोना भाइरसका लहर तिव्र रुपमा बढ्दै गरेकोले रौतहटमा पनि ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा देखिएपछि आजबाट निषेधाज्ञा लागु गर्नु परेको जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो ।

पुर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा प्रहरी निरीक्षक अरबिन्द साहको टोली खटिएको छ । बिना कुनै काम बाहेक हिडने दर्जन भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएका बताईको छ ।

रौतहट जिल्लाका सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर आज विहानै देखि गाडी, व्यापारी प्रतिष्ठान, होटल एवम् पसल बन्द गराउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई किरण अधिकारी बताउनुभयो ।

महामारी कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गरेकोले रौतहटमा स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरिएको हो ।