जनकपुरधाम । प्रदेश २ मा थप ५ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ५७ महिला र ३ सय ४४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

शनिवार धनुषामा १ सय १२, पर्सामा १ सय १२, रौतहटमा ९३, बारामा ८०, महोत्तरीमा ४०, सप्तरीमा ३३, सर्लाहीमा १७, सिरहामा ७ र अन्य प्रदेशका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस सँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५७ पुगेको छ ।

कोरोना संक्रमणबाट प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित निको भएका छन् ।