• सोलि चौधरी

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ का २९ वर्षीय अक्षय कुमार अर्याल र धादिङको धुनिबेसी नगरपालिका वडा नं. ७ का ३२ वर्षीय सरोज पाण्डे रहेको छ भन्दै महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

दुबै जनालाई औरही नगरपालिका वडा नं. ४ कठुधारबाट डाइजेल्ड ४४ पिस, नोर्फिन ४४ पिस र फेनेरगन ४३ पिससहित नियन्त्रणमा लिएको प्रवक्ता विष्टले बताएका छन ।
उनीहरुलाई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद लिइ थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ।