महोत्तरी २९ (मधेश टप): प्रदेश सरकारले सेवा, सुविधा तथा विशेषज्ञ चिकित्सक नै नदिई सेवा गराइरहेको भन्दै जलेश्वर अस्पताल महोत्तरीका अध्यक्षले समस्या समाधान गर्न प्रदेश सरकारलाई गुहारेका छन् । उहाँले आफ्ना पाँच सुत्रीय माग अघि सार्नु हँदै सो माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ ।

जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयले प्रदेश २ सरकारलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत ज्ञापनपत्र दिनु हुँदै पाँच शøयाको आइसीयू निर्माण भएपनि सरकारसँग पटक पटक जनशक्ति माग गर्दा नदिएको कारण भेन्टिलेटर अभावमा बिरामी मर्न थालेको उल्लेख गर्नु हँुदै आफूहरूले गाली खानु परिरहेको बताउनुभयो ।

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनमा आउन नसक्दा एक कोरोना सङ्क्रमित बिरामीको मृत्यु भइसकेको छ भने एकलाई अन्य अस्पतालमा रेफर गरिएको छ ।

उहाँले आइसीयूको लागि दक्षजन शक्तिको परिपूर्ति, कोभिड बिरामी तथा सो मा काम गर्ने कर्मचारीलाई क्वारेन्टाइन, बास, खाना, औषधिसहितको व्यवस्थापन, ५० शøयाको दरबन्दी अनुसारको पदपुर्ति, स्टाफको कोभिड भत्ता तथा विगतमा खर्च भएको रकमको भुक्तानीको माग गर्नु भएको छ ।

\उहाँले प्रदेश सरकारले सेकेन्डरी ए लेभलको (५० शøयाको) अस्पतालको घोषणा गरिसके पनि अहिलेसम्म यसको लागि प्रक्रियाअगाडि नबढाइएको जानकारी दिनुहँुदै आफ्नो माग एक हप्ताभित्र सुनुवाई नभए ज्येष्ठ ५ गतेदेखि आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ । जलेश्वर अस्पताल सरकारको विभेदको कारण प्राइमरी दरबन्दीअनुसार चलिरहेकोमा सो मा पनि दरबन्दी अभाव रहेको जानकारी दिनुहुँदै २८ दरबन्दीमा आठ कार्यालय सहयोगीसहित २२ मात्रै रहेको बताउनुभयो ।