• विनोद मण्डल

सिरहा :  आम जीवन कष्टकर र भयावह बन्दै गरेको वर्तमान घडीमा पश्क्षिंम नवलपरासिका विभिन्न स्थानमा प्रहरीहरुले निशुल्क माक्स वितरण गर्दै चेतनामूलक अभियान अगाडि बढाएको छ ।

पाल्हिनन्दनको सनईमा लकडाउनमा कसरी आफू र आफ्नो घरपरिवार छर छिमेकमा कोरोना काहरको अवधिमा सुरिक्षित रहनुपर्ने अवस्थाका बारेमा जानकारी मुलक कार्यक्रम अगाडि बढाएको सनईका प्रहरी इन्चार्ज राजाराम यादवले बताएका छन् ।

गाउँघरमा निषेधज्ञा पालन व्यक्तिगत सरसफाइमा कसरी ध्यान केन्द्रित गर्ने विषयमा आवस्यक परामर्श दिने गरेको र अनावश्यक रूपमा बाहिर ननिस्कने सेनिटाईजरको सामान्य प्रयोग सम्बन्धि चेतना आफ्नो क्षेत्रको स्थानिय जनतालाई दिने गरेको पिपरा प्रहरी चौकीका इन्चार्ज बौद्धशंकर चौधरीले बताएका छन् ।

स्थानिय जनतालाई साबुनपानीले हात धुने तरिका माकस्को नियमित रूपमा प्रयोग कोरोना संक्रमण बढिरहेको अवस्थामा रोगसँग सामना गर्ने तरिका र आत्मबल बढाउने विषयक सुझावसहितको कार्यलाई आफ्नो कार्य क्षेत्रमा निन्तरता दिदै आएको भूजहवा चौको इन्चार्ज राजेश भट्टराईले जानकारी दिनुभयो ।

सीमानाकामा बढ्दो तस्करी र कोरोना संक्रमण अवधिमा अाम मानिसले अपनाउनु पर्ने तरिका र विधिका बारेमा स्थानिय जनतालाई सूचित र सुरक्षाका उपायहरु अपनाउन आग्रह गर्दै सामाजिक दूरी ,सरसफाई लगायतका विषयमा छलफल र परामर्श अघि बढाएको सिमाप्रहरी महेशपुर का टोपेन बुढाले बताए ।

कोरोना बाट आक्रान्त बनिरहेको नवलपरासीका प्रहरी द्धारा स्थानिय स्तरमा सञ्चालन गरिएको यस कार्यप्रति अाम स्थानिय खुशी व्यक्त गरेका छन् ।