मधेश टप डेस्क
जनकपुरधाम, वैशाख ३० गते:

प्रदेश २ मा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । रौतहटको गरुडा स्थित रेडियो मधेस मसलाका स्टेसन म्यानेजर ४० वर्षीय मनोज कुमार चौधरीको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि दुईसातादेखि उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको थियो ।

गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

पत्रकार चौधरीको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ ।