बिन्दवासिनी बैशाख ३० (मधेश टप):  पर्साकाे बिन्दवासिनी गाउँपालिकाले २५ बेडको आइसोलेसन वार्ड सहितको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ।दोश्रो लहरको कोरोना भाइरस सङ्क्रमण तिब्र रुपमा समुदायमा फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै कोभिड-१९ संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइशाेलेसन वार्ड तयारी अवस्थामा राखेकाे निमित प्रमुख प्रशाकिय अधिकृत मुन्ना साह रौनियारले बताउनु भयाे ।

No description available.

बिन्दवासिनी गाउँपालिका वार्ड-२ बहुअर्वा भाठा स्थित श्री राधा कृष्ण माध्यमिक विद्यालयमा २५ बेडको आइशाेलेसन वार्ड तयारी अवस्थामा रहेकाे गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदिले जानकारी गराएँ ।तयारी भएको २५ बेडको आइशाेलेसन वार्ड साथै अक्सिजन सिलिण्डर र कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने औषधिहरू तथा खानाको निशुल्क व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मोदिले बताएँ।

यस गाउँपालिका अन्तर्गत रहेको एम्बुलेन्स कोरोना सङ्क्रमितको लागि निशुल्क व्यवस्था गरिएको तथा आवश्यक परे आफुले चढदै आएको गाडी समेत उपलब्ध गराउने उनले बताए।साथै यो कोरोना भाइरस सङ्क्रमणको लडाईमा सम्पूर्ण गाउँपालिका बासिहरु धैर्य धारणका साथ एक अर्कालाई सहयोग गर्न आग्रह गर्नुभयो |

स्वास्थय मा कुनै समस्या भए तुरुन्तै अस्पतालमा सम्पर्क गर्न स्वास्थ शाखाका नरेश चौहानले आग्रह समेत गर्नु भयो ।