जनकपुरधाम, बैशाख ३० (मधेश टप) : जनकपुरधामको मुजेलिया स्थित मनिपाल शिक्षण अस्पताललाइ धमाधम काभिड १९ अस्पतालको रुपमा परिवर्तन गर्ने कार्य गतिमा हुदै छ। प्रदेश सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरणहरु मगाएर धमाधम जडानको क्रममा चल्दै छ ।

भवनको भौतीक संरचना र सुधारका लागि रंगरोगन र झयाल ढोकाको मर्मतक कार्यहरु समेत चल्दै छ । प्रदेश सरकारले मानव स्वास्थ्यलाई सर्वोपरी ठान्दै सो अस्पताललाई कोभिड केयर अस्पतालको रुपमा अगाडि बढाउन र सिघ्र सञ्चालन गर्न भन्दै सिडिई भगवान झाको अगुवाईमा काम अघि बढाएको छ ।

No description available.

सिडिई झाका अनुसार दुई सप्ताह भित्रै सेवा सुरु हुने गरि काम भइरहेको बताए । उनले सकारात्मक काम सफल बनाउन समाजको सकारात्क सहयोग आवयश्क रहेको पनि बताए । सय बेडको अस्पतालमा भेन्टिलेटर, आइसियु सहित अक्सिजन सहितको सुविधा सहितको सेवा सुरु हुनेछ ।