अर्थ राज जनकपुरधाम बैशाख ३१ (मधेश टप):  आज देशभरि लगायत मधेशमा मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान, जसलाई इद–उल–फित्र पनि भन्ने गरिन्छ । आजको दिनलाई मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने गर्दछन् । र उनीहरु यि दिनमा भिभिन्न आ-आफ्ना इस्टमित्र भाइ, परिवार संग मिलि बसी शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन अत धर्मावलम्बीहरु नमाज पनि पढ्ने गर्दछन ।

Understanding Ramadan: Towards A Cross-Cultural Awareness – Athlone Anti-Racism Network

इद पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशमार्फत आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणको दोस्रो लहरबाट बच्नका लागि भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गरी इद मनाउनका लागि विशेष आग्रह गरेकी छन् ।

इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् । ओलीले शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने बताएका छन् ।

शुभकामना पत्र:

सन्देशमार्फत ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपसी सद्भाव र सहिष्णुताका साथ कोरोनाबाट बचेर पर्व मनाउन आग्रह गरेका छन् ।

मुस्लिम धर्मावलम्बीहरुले एक महिनाको कठोर उपवासपछि आजको दिन अल्लाहको प्रार्थना गरेर रमजान मनाउँछन् । अरबी पात्रोअनुसार हरेक वर्षको नवौँ महिनामा एक महिनासम्म रोजा (व्रत) बसेर दशौँ महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ ।

रमजानमा दान दिनु, गरिबको सेवा गर्ने गरिन्छ । व्रतको अन्तिम दिन हिजो बिहीबार देशभर चन्द्रमा नदेखिएकाले रोजा बसेकाहरुले आज शुक्रबार इद मनाउन लागेका हुन् । अहिले हिजरी सम्वत १४४२ हो । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

इद पर्वमा मुसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेहवाइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गरि यो परम्परा चल्ने गर्दछन् ।