मधेश टप
सर्लाही, जेठ १ गते:

आज सर्लाहीमा तीन तले भएको घरको भएको छतबाट खसेर एक महिलाको ज्यान गएको छ|

बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीता थापा मगरको शनिबार आफ्नै तीन तले घरको छतबाट खसेर ज्यान गएको हो ।

आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो साँढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।

मगरका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन् ।