पर्सा २ जेष्ठ (मधेश टप): पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भई सो को सम्बोधन गर्ने क्रममा भएको सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा मिति २०७८।०१।३१ गते निम्नबमोजिमका २ जना एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको फेला परेकोले निजहरूलाई यस कार्यालयबाट खटिएको टोलीले निजहरूले सञ्चालन गरेको ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित सोही दिन अन्दाजी १८:०० बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिन्छ ।
साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत सम्बन्धित सबैमा अनुरोध छ ।
निम्न पक्राउ विवरण:- 
अभियुक्त:-कमरुदिन रायभर
May be an image of one or more people and indoor
उमेर:-३५ वर्ष
ठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.९ विश्रामपुर
पक्राउ मिति:- २०७८।०१।३१ गते ।
मुद्दा:- कालोबजारी सम्बन्धि कसूर
May be an image of car and outdoors
अभियुक्त:-वीरबल मुखिया
May be an image of one or more people and indoor
उमेर:- २२ वर्ष
ठेगाना:- जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.१
पक्राउ मिति:- २०७८।०१।३१ गते ।
मुद्दा:- कालोबजारी सम्बन्धि कसूर
May be an image of car and outdoors
नेपाल प्रहरी