जनकपुरधाम (मधेश टप):
अक्सीजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन
जनकपुरधाम, जेष्ठ २ । पछिल्लोमा समयमा बढदै गएको कोरोना संक्रमण विरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रिनु भएको छ ।
May be an image of one or more people, people standing, outdoors and text that says 'REDMI NOTE 6 PRO MI DUAL CAMERA'
बढदो अक्सिजनको मांग र संक्रमतिको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषा स्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालहरुको स्थलगत अनुगमन गर्नु भएको छ ।
May be an image of one or more people, people standing and text that says 'REDMI NOTE L 6PR MI DUAL CAMERA'
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण अनुगमन गर्नु भएको हो ।
May be an image of one or more people, people standing and text that says '" REDM NOTE RO MI DUAL CAMERA'
ढल्केवर स्थित ढल्केवर ग्यास उद्योग (अक्सीजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका संचालकलाई अक्सीजनको वितरण एकद्वारा प्रणाली मार्फत मात्र गर्न निर्देशन दिनु भएको छ । धनुषामा अक्सीजनको वितरणमा आजैबाट एकद्वार प्रणाली लागु गरिएको छ ।
त्यर्सैगरि मुख्यमन्त्री राउत सहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधिन अक्सीजन प्लान्टको समेत अवलोकन गर्नु भएको छ । सो क्रममा मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट संचालन गरि संक्रमितहरुको ज्यानको रक्षा गर्न उद्योगका संचालकलाई आग्रह समेत गर्नु भएको छ । मुख्यमन्त्री राउतको आग्रह उद्योगका संचालकले शनिवार सम्म जसरी भएपनि प्लान्ट संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । बेलामा निर्माणधिन उद्योग २४ घण्टामा ६सय सिलिण्डिर रिफिल गर्न सक्ने क्षमताको रहेको छ ।
May be an image of one or more people and indoor
त्यस्तै मुख्यमन्त्री राउत सहितको टोलीले जानकी मेडिकल कलेजद्वारा संचालित कोभिड स्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापक संग अस्पतालमा रहेका संक्रमितहरुको अवस्था र उपचारमा भै रहेको समस्या बारे जानकारी लिएका छन । सो क्रममा जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सीजनको कोटा बढाई दिन मांग गरेका थिए भने टोलीले आजै बाट अक्सीजनको कोटा बढाइ दिने र शनिवार बाट चाहे जति अक्सीजन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।
हाल ६० बेड कोरोना संक्रमितको लागी संचालन गरि रहेको जानकी मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले बेड बढाउन आग्रह समेत गरेका छन ।
May be an image of one or more people, people standing, outdoors and text that says 'REDMI NOTE 6 PRO MI DUAL CAMERA'
यता प्रदेश सरकारले मनिपालको खाली भवनमा निर्माण गरि रहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउत सहितको टोलीले निरीक्षण गर्नु भएको छ । युद्ध स्तरमा निर्माणधिन उक्त अस्पतालको काम समयमै सक्न उहाँले निर्देशन समेत दिनु भएको छ । निरीक्षणको क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जेठ १५ अगाबै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।