मधेश टप
जनकपुरधाम, जेठ २ :
भारतमा कोरोना भाइरसको प्रभाव घट्न थालेको छ भने यहा निको हुनेको संख्या अधितम हुदै छ ।

एकहप्ता अगाडिसम्म दैनिक ४ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित हुँदै आएका थिए  भने यतिबेला त्यहाँ ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका हुन् ।

यस्तै अहिले संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० व्यक्ति कोरोनाबाट सांक्रमित भएका छन् ।

सोही अवधिमा ३ लाख ६२ हजार ४३७ मानिस कोरोनामुक्त भएको बताइएको छ । अर्थात् संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी भएको छ ।

यस्तै एकैदिनमा त्यहाँ ४ हजार ७७ कोरोना संक्रमितले ज्यान गुमाएको पनि जानकारी दिइएको छ

समग्रमा भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४६ लाख पुगेको छ भने त्यहाँ दुई लाख ७० हजारको मृत्यु भइसहेको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या भारतमा अहिले ३६ लाख कोरोना संक्रमित छन् ।