मधेश टप डेस्क
जनकपुर , जेठ २ गते :
आज धनुषाको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

ज १ च १६२५ नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसहित नियन्त्रणमा लिइएको भने कुरा धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् ।

जनकपुरको पुलचोकबाट यात्रुसँग १६ हजार ५ सय रूपैयाँ लिएर झापाको विर्तामोड जाँदै गर्दा बिशेष सूचनाको आधारमा धनुषाको ढल्केबरबाट पक्राउ गरिएको हि भने ट्राफिक प्रमुख प्रहरी निरीक्षक न्यौपानेले बताए ।

चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।