नरेन्द्र महताे/ गाैशाला (मधेश टप): काेराेना संक्रमितकाे चाप गाैशाला नगरपालिकामा दिन प्रति दिन बढदै गएकाे र नगरपालिका स्वास्थ्य व्यवस्थामा हालकाे परिस्थिति अनुसार प्राप्त नरहेकाे तथा अत्यअावश्यक अक्सिजनकाे अभाव रहेकाे,अाईसाेलेशन सेन्टरहरुकाे तुल्नात्मक रुपमा अभाव रहेकाेले यस परिस्थितीलाई अति संवेदनशिल रुपमा लिन गाैशाला न. पा. ले सबैमा अाग्रह गरेका छन ।
विवाह व्रतबन्ध,भाेजभतेर जस्ता वढि भिडभाड नगर्न, नगराउन तथा ताेकिएकाे माप दण्डलाई पुर्ण पालन गर्न लगायत बजार तथा चाेकहरुमा भिडभाड नगर्न तथा माक्स अनिवार्य लगाउन,अनाव्यसयक रुपमा घर बाट वाहिर ननिस्कन र अति अाबश्यक कामले घर वाहिर जाँदा अनिवार्य माक्स लगाउन नगरपालिकाले सर्वसधारणमा अाग्रह गरेका छन ।
Discussion about this post