मधेश टप समाचारदाता 

चन्द्रनिगाहपुर (मधेश टप): चाेरी तस्करीको काठ अाफ्नाे घर लैजादै गरेकोे अवस्थामा पक्राउ परेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका हवल्दार पवन सहनी छुटे तर उनलाई कुनै कारवाही भने भएन।

रोकिँदै काठ तस्करी

चाेरी तस्करीको एक ट्याक्टर काठ र ट्याक्टर भने डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ। डिएसपीकाे ड्राइभर समेत रहेका सहनीले चाेरी गरि ल्याएको काठ इप्रकाका सुवेदार मेजर सई राम नारायण यादवको मिलिमताेमा घर लैजादै गर्दा वन कार्यालयले पक्राउ गरेको थियो ।

प्रहरी स्कुल राैतहट दरबन्दी भएका हवल्दार सहनीले काेर्टमाष्टर चेन्ज भए पछि सई यादवको सहयोगमा घर लगेको समेत खुलेको छ। चाेरीकाे काठ सहित वन कार्यालयले हवल्दार पक्राउ गरेको कुरा जिल्ला प्रहरी देखि सिडाअाे कार्यालय सम्म पुगेपछि प्रहरीको बेइज्जत भयो भनेर साेर्सफाेर्स लगाएर हवल्दारलाई छुटाइएकाे थियो ।