जनकपुरधाम (मधेश टप): युवायुवतिहरुको एक समूह महामारी नियन्त्रण व्यवस्थापन समितिले मंगलबार सातौं दिन जनकपुरको विभिन्न हस्पिटलहरुमा खाना वितरण गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुर सहित अन्य नीजि हस्पिटलमा पनि खाना वितरण गरिरहेको छ । समितिका अभियन्ता कैयुम राईन, मनिषा साह, अक्षय, आकास साह,सलामत राइन् सहितका टिमले प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्ड सहित अन्य वार्डहरुमा विरामी र कुरुवाहरुलाई खाना वितरण गरिरहेको छ ।

निरन्तर सातौं दिन खाना वितरण गरेको र साथै १२ दिन सेवा मा लागेको छ र टिमले आवश्यक परेको ठाउँमा खाना खुवाउने अभियान चलाएको हो । उनीहरुले सुरक्षा समाग्रीहरु समेत वितरण गरिरहेका छन् ।