मदेश टप
जनकपुरधाम, जेठ ६ गते:

प्रदेश नम्बर २ को सरकारको विरुद्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रिले आज अनसन थालेका छन् । उनीहरुले
कोरोना संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग लिएर आन्दोलनमा उत्रिएको (नेविसंघ) संगै अनशन पनि थालेका हुन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामासहित विभिन्न माग राख्दै  बुधबारदेखि रिले अनशनमा गरेको हो ।

नेविसंघले बुधबार जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनशन थालेको छ ।

कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम्मेवारीबोध गराउने उद्देश्यले  आफूहरुले रिले अनशन सुरु गरेको नेविसंघका नेता सोनु निधिले जानकारी दिए ।

रिले अनशनकारीले कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्न, अक्सिजन तथा अन्य स्वास्थ्य उपकरणको सुलभ व्यवस्था गर्न, अस्पतालको क्षमता बढाई जनशक्ति थप गर्न, प्रादेशिक अस्पतालको अक्सिजन सिलिण्डर र रेम्डेसिभिर औषधि निजी अस्पतालमा बेच्ने मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई कारबाही गर्न माग गरेका छन् ।

यस्तै उनीहरुले निषेधाज्ञाको नाममा कालोबजारी बन्द गर्न, मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नबल किशोर साहको राजीनामा लगायतका मागहरु राख्दै अनशन सुरु गरेका छन् ।