धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको वडा न. ११ का नाला र सडकको अवस्था दयनीय छ ।

यस वडाका सड़क र नालामा कुनै किसिमको फरक नरहेको देखिन्छ । यहाँको सडक र नाला दुबै एक नै हेरिन्छ । विगत १ वर्षदेखि केही सुधारमा नआएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।


यहाँको नालापानी सड़कमा भएर घरभित्र पस्ने गरेको पाइन्छ । तर विडम्बना के छ भने यहाँको वडा अध्यक्ष रामचंद्र साहले यस्तो विकराल समस्यालाई समाधान गर्नमा कुनै किसिमको पहल अपनाउने देखिएको छैन । उनलाई स्थानीयले फोनमा कल गरेपछि रिप्लाईमा नालापानी सडक बीच मत्लब नरहेको जनाएको छ । अन्त: स्थानीयहरुले अब मेयर लाल किशोर साहकै उम्मीदमा बसेको बताएका छन् ।

यो वडाको गल्ली गल्लीमा भत्किएका नाली र खाल्डाखुल्डीले जोखिम बढाएको छ भने मर्मत र निर्माण सुरु गरेका सडकको कामले गति नलिँदा स्थानीयहरुलाई आवतजावतमा कठिनाइ रहेकोे बताउँछन् । हाल सडकको सबै योजना भद्रगोल अवस्थामा छ।