रौतहट । निर्वतमान मन्त्री प्रभु साह द्वारा रौतहटको सम्पुर्ण पालिकाहरुमा अक्सिजन सिलिण्ड सहितको स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

निर्वतमान मन्त्री साह द्वारा व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५/५ लिटरको), १ हजार ओटा मास्क, १५ ‌ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री शुक्रबार गुजरा, कटहरिया र देवाही गोनाही नगरपालिकामा मौलापुर नगर प्रमुख रिना कुमारी साहले हस्तान्तरण गरेकी छिन ।
बांकी १६ वटा स्थानीय तहमा पनि अक्सिजन सहितको स्वास्थ सामग्री बितरण कार्य जारीरहेको निबर्तमान मन्त्री साहका स्वकीय सचिव बिजय यादवले जानकारी दिएका छन ।

स्वास्थ सामग्री वितरण कार्यक्रममा मेयर साहका साथै निर्वतमान प्रदेश संसद कुन्दन कुशवाहा, कतहरीया न पा का मेयर सियाराम कुशवाहा, कतहरीया न पा का एमाले का नगर अध्यक्ष योगेन्द्र साह,कतहरीया न पा का प्रवक्ता चन्दन कुशवाहा , नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रामजी साह लगायत स्थानीय निकायको कर्मचारी हरु को उपस्थिति रहेको थियो।

वैश्विक महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गरी आमजनताको स्वास्थ्यप्रति संवेदनशीलता पूर्वक चिन्ता प्रकट गरी पहलकदमी लिनुहुनु जनप्रिय नेता साहको प्रेरणादायक प्रयास सरहानीय रहेको स्थानीय निकायको जनप्रतिनिधि हरु ले बताएका छन ।

यश अघि बिहीबार निबर्तमान सहरी विकास मन्त्री प्रभु साहकाे पहलमा ३० थान अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको थियो । कोविड १९ को उच्च जोखिममा रहेको रौतहट जिल्लाका सिडियो इन्द्र देव यादवलाई मौलापुर नगर प्रमुख रिना कुमारी साहले अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री हस्तान्तरण गरेकी हुन । मेयर साहले अक्सिजन सिलेन्डर ३० थान, मास्क ५ हजार, सेनिटाइजर २५ लिटर, अक्सिमिटर १५, ग्लोब २ बक्स , पिपिइ सेट २५ लगायत सामग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।