• नरेन्द्र महताे

सप्तरी जिल्लामा एक चमार समुदायको परिवारले खाना नपाएर मृत्यु भएकाे छ ।

मृत्युभएको थाहा पाएपछि चमार कल्याण समाज नेपालको समन्वय एवमं सिडब्लुएस साउदी अरेबिया शाखाले सहयोग गरेका हुन ।सुरुगां ६ कडरबोना गाऊकी लगभग ४० बर्षिय सबित्रि देबी चमाईन दैनिकि बाटो खन्ने कार्य गर्दा गर्दै घरमा केही खानेकुरा समेत नपाएर मृत्यु भएको उहाँको श्रीमान भोलई चमारले जानकारी दिए।

भोलाई चमारका अनुसार आफु पनि बाटो खन्ने कार्य गर्ने र श्रीमति पनि गर्ने , आफनो घरको स्थितअत्यन्त नाजुक रहेको, खानाको लागि मजदुरी गर्दा समेत समयमा ज्याला नपाएको , जसले गर्दा श्रीमति घरबाट खानै नखाएर आएर काम गर्दा मृत्यु भएको हाे।उहाँ गरिब भएको र एउटा चमार जातिको महिला भोकै मर्नु अत्यन्त दुखद भएको भन्दै चमार कल्याण समाज साउदी शाखाले मृतकको परिवारलाई केही खाद्यान्न् सहयोग गरेको महासचिव जिवन कुमार राम चमारले जनाएका छन ।

महासचिवका अनुसार कोरोनाले गर्दा नेपालमा लकडाउन भएकाे छ जसको प्रत्यक्ष असर सबै भन्दा बढि गरिबी रेखामुनी रहेका चमार जातिहरुमा परेको स्पष्ट देखा परेका उनले भने।

मृतकको परिवारलाई एक क्वईन्टल चामल , १५ किलो आटा ,५ किलो आलु , २ लिटर तेल , नुन , प्याज , साबुन , दाल , मास्क तथा रु १५०० नगद आर्थिक सहयोग गरिएको साउदीका संयोजक सुरेन्द्र कुमार महराले बताए ।