जनकपुरधाम : धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी रहेकोमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएको हो ।

कोरोना नियन्त्रण तथा रोकथाकलागि निषेघाज्ञा लागु गरिएता पनि संक्रमितको संख्यामा कमी नआएकोले निषेघाज्ञाको समय अबधी थप गरिएको हो । धनुषाका साथै सर्लाहीमा पनि एक साता निषेधाज्ञाको समय बढाइएको छ भने महोत्तरीमा १० दिन निषेधाज्ञा लम्बयाइएको छ ।