काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका देशभरका ८ पत्रकारलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।
अस्पतालमा उपचाररत मध्ये ८ पत्रकारको अवस्था एकदमै जटिल बनेपछि उनीहरूलाई देशका विभिन्न अस्पतालको भेन्टिलेटर र आईसीयूमा राखेर उपचार भइरहेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार, कुल संक्रमित पत्रकारको संख्या देशभर ८५० पुगेको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या २५० छ । संक्रमणको चपेटामा रहेका अधिकांश पत्रकार घरमै स्वास्थ्यलाभको प्रयास गरिरहेको महासंघले जनाएको छ ।
पहिलो लहरको तुलनामा दोस्रोपटक कोरोनाबाट ज्यान गुमाउने पत्रकारको संख्या पनि बढेको छ । पहिलो लहरमा ६ सहित कुल १६ पत्रकारको कोरोनाबाट मृत्यु भइसकेको छ ।