सप्तरी/राजविराज :
चार दिनदेखि सप्तरीका एक जना हराइरहेका बालकको अझैसम्म अत्तोपत्तो लागेका छैनन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११ सखुवा गाउँका जयनारायण यादबको १३ वर्षीय छोरा रबि यादव हराइरहेको र कुनै अत्तोपत्तो नलागिरहेको बुवा यादवले बताए ।

शुक्रवार बिहान् करिब ८:०० बजेको समयमा बालक आफ्नो हजुरबुबा(नाना) गाउँ बभनगामाकट्टी गैरहेको बेला भगवानपुर गाउँबाट करिब ६३ वर्षीय नामनखुलेको पुरुषको सम्पर्कमा आएको स्थानीयहरुको भनाइ रहेको यादव बताउँछन् ।गाउँमा बालक यादवके पहिचान नखुलेको पुरुष मेरो नाना(हजुरबुबा)हो भनेर चिनाएको समेत स्थानीयको भनाइ रहेको यादव बताउँछन् ।

अहिलेसम्म कुनै अत्तोपत्तो नलागिरहेको अवस्थामा चिन्तित रहेको बुवा जयनारायण ईलाका प्रहरी कार्यालय हनुमान नगरमा जानकारी गराइसकेको छ।