लहान : सिरहा कोभिडअस्पतालमा निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

जिल्लाको सदरमुकाम स्थित रहेको सिरहा अस्पाताल परिसरको कोरोना अस्पतालमा भर्ना भई उपचारमा रहेका संक्र्मित बिरामी र कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले जानकारी दिए ।

सिराहा अस्पातालमा भर्ना भएका कोभिड संक्रमित तथा अन्य बिरामीलाई विहान वेलुकाको भोजन व्यवस्थापनको लागि जिम्मा लिइ मानविय सेवाको उत्कृष्ट प्रदर्शन गर्ने सन्तोष अग्रवाल सहित डि सी एम सी सिरहा परिवार प्रति अाम जिल्लाबासी खुशी व्यक्त गरेका छन् ।