पवन प्रसाद साह जेठ ११ वीरगञ्ज(मधेश टप): सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०२।१० गते अपराह्न्न १७:०० बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा न.१७ अलौस्थित खाली जमीनमा लागुऔषध लुकाइराखिएको छ|

No description available.

No description available.

भन्ने सूचनाको अधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले खानतलासी गर्दा खाल्डो खनी स्याउलाले छोपेको अवस्थामा ८८ बोत्तल नयाँ र खाली ५ बोत्तल wincirex फेला परेको|

सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त ला.औ.वी.म.न.पा.वडा नं.१७ बस्ने बर्ष ३५ को अमरुल्लाह अन्सारी र ऐ.ऐ.बस्ने बर्ष ४० की सकुन नेशा पवरियले भारतको रक्सौलबाट बिक्रीवितरण गर्ने उदेश्यले ल्याई लुकाएको खुल्न आएकोले निजहरु दुबै जनालाई निजहरुकै घरबाट मिति २०७८।०२।१० गते नियन्त्रणमा लिई मिति २०७८।०२।११ गते ला.औ.मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबकता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल ले जानकारी दिनुभयो ।

No description available.