जनकपुरधाम ।जनता समाजवादी पार्टी जसपाको संघीय सांसदहरु विभाजित भइसकेर पार्टीको कार्यकारिणी समिति समेत विभाजित भएको अवस्थामा प्रदेश २ को सरकार त्यसको प्रभावबाट मुक्त रहेको दावी गरिएकोछ ।

प्रदेश सरकारबाट पूर्व राजपाका मन्त्रीहरुलाई हटाउने प्रयास भए सरकार नै ढल्ने धम्की मुख्यमन्त्री लालबाबु राउतलाई दिएकोछ ।

पूर्व राजपाको तर्फबाट प्रदेश सभामा प्रमुख सचेतक रहेका परमेश्वर साहले मुख्यमन्त्रीको निणर्यपछि हाम्रो निणर्य आउने बताए । हामी मुख्यमन्त्रीको निणर्यलाई कुरिरहेका छौ’ उनले भने, उताबाट सरकारमा असर हुने कुनै निणर्य भए त्यसको परिणाम मुख्यमन्त्रीले भुक्तनु पर्नेछ ।मुख्यमन्त्री राउतले भने केन्द्रमा जति विवाद भएपनि प्रदेश सरकारमा त्यसको प्रभाव नपर्ने दावी गरे ।

केन्द्रको विवादले प्रदेश सरकार प्रभावित हुँदैन्’ उनले भने, प्रदेशमा नयाँ गठबन्धन हुने, सरकारबाट हटने र थपिने कुनै संभावना छैन् ।

पूर्व राजपा र समाजवादी पार्टी एकिकृत भइसकेपनि प्रदेश २ को संसदीय दल र प्रदेश २ समिति समायोजन भइसकेको छैन् ।प्रदेश सभामा दुवै दलको तर्फबाट प्रमुख सचेतक लगायतले सेवा सुविधा लिइरहेका छन् ।

जसपाको विधान अनुसार संसदीय दल समायोजनका लागि बनाइने विधानलाई प्रदेश कमिटीको कार्यकारिणी समितिले अनुमोदन गर्नुपर्ने छ ।विधानमा यो बाध्यकारी प्रावधान राखिएकोले संसदीय दलको विधान अनुमोदनका लागि पहिले पार्टीको प्रदेश कमिटी समायोजन अनिवार्य रुपमा हुनुपर्ने जसपाका युवा नेता शेषनारायण यादव बताउँछन् ।

एक वर्ष भएपनि औपचारिक रुपमा दुवै दलको संयुक्त संसदीय दलको बैठक हुन सकेको छैन् । दुवै दलको नेता अलग-अलग छन् । पूर्व समाजवादी पार्टीको संसदीय दलको नेता लालबाबु राउत मुख्यमन्त्री छन् ।राजपा संसदीय दलका नेता जितेन्द्र सोनल दोस्रो वरियताको भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

प्रदेशमा सत्ता परिवर्तनका लागि जसपा अध्यक्ष यादवमाथि दवाव भने बढन थालेकोछ ।नेपाली काँग्रेस र माओवादी केन्द्रले मिलेर सरकार बनाउन यादवलाई दवाव दिन थालेको बताइन्छ ।पूर्व सपाको ३० काँग्रेसको १९ र माओवादीको ८ समेत सरकार बनाउन संख्या पुग्नेछ ।पूर्व राजपाका तीन जना निर्वाचित र एकजना समानुपातिक सभासदपनि सपातिर लागिसकेका छन् ।

सरकारबाट हटाइए पूर्व सपाकै असन्तुष्ट सांसद र एमालेलाई समावेशगरि पूर्व राजपाकै नेतृत्वमा सरकार बनाउने धम्की दिन थालिएपछि मुख्यमन्त्री झस्केका छन् ।

आजको जनकपुर टुडे पत्रिकामा यो खबर छापेको छ ।