जनकपुरधाम : जहा एकातिर कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारदेखि लिएर विभिन्न समाजीक संघ संस्थाले निशुल्क सेवा दिदै आएको छ त्यहि जनकपुरधामका काव्या हस्पिटलले कोरोनाको उपचार वापत दैनिक पचासहजार भन्दा माथि विरामीसंग थुतिरहेको देखिएको छ । मानवीय सम्वेदनाको धज्जी उडाउदै अस्पतालले कोरोना विरामीलाई उपचार गरेवापत दुइदिनमै डेढलाखको विल थमाएपछि उनि छक्क परेका थिए ।


कोरोना महामारीका कारण सरकारले लगाएको निषेधाज्ञामा आर्थिक मार झेलिरहेका जनकपुरधामका नागरिकहरुमाथि कोरोना उपचारको नाउमा लुटधन्धा नै मच्चाउदा मध्यमवर्गियका लागि निजी अस्पतालमा उपचार गराउनु सपना नै वनेको छ । अस्पतालले कोरोनाका विरामीलाई उपचार गर्नका लागि चिकित्सकले लगाउने पिपिइ देखि लिएर ग्लोव्स,सेनिटाइजर,मास्क देखि सम्पुर्ण सामान विरामीबाट नै असुल गर्ने गरेको रहस्य समेत वाहिरिएको छ ।

काव्या हस्पिटलमा कोरोना विरामीलाई भर्ना गराएवापत अस्पतालले भर्ना वापत तत्कालका लागि ३६ हजार रुपैया बेड चार्ज भन्दै राख्न लगाउने गरेको छ ।त्यसपछि प्रत्येक २४ घण्टा वितेपछि १८ हजार डिपोजीट गराउदै आएको रहस्य समेत वाहिरीएको छ । त्यसैगरि अस्पतालले नै व्योहोर्नुपर्ने पिपीइ लगायतका समाग्रीहरु विरामीसंग आफै खरिद गर्न लगाउने गरिएको छ । विभिन्न टेस्टको नाउमा १७ हजार ,पिपीई लगायतको समाग्रीमा ४ हजार,इसीजीमा २ हजार र मेडिसीनमा ५० देखि ६० हजार सम्म असुल्दै आएको विभिन्न प्रमाणबाट देखिएको छ ।

यति महगो शुल्क हुदा हुदै अस्पतालले नर्मल र क्रिटिकल दुवै किसीमका कोरोना विरामीलाई एउटै कोठामा राखेर उपचार गर्दै आएको समेत सोहि अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिले नाम नखुलाउने शर्र्र्तमा वताए । बाहिरबाट खुवै सरसफाईको चर्चा गरिएपनि भित्र फोहरै फोहर रहने गरेको उनले वताए ।

कोरोना विरामीको उपचारको नाउमा लुट मच्चाएको काव्या हस्पिटलले म्याद गुज्रेको औषधी सेवन गर्न लगाएको खुलासा भएको छ । केहि दिन पहिले यस विषयले समाजीक संजालमा चर्चा भएपनि सो व्यक्तिलाई अस्पतालको विषयमा लेखेको स्टेटस डिलेट गर्न लगाएको पनि वुझिएको छ ।

गत वुधवार स्वास्थ्य उपचारको लागि भर्ना भएका कोभिड संक्रमित एक जना बिरामीलाई अस्पतालको फारमेसीले म्याद गुज्रेको औषधि सेवन गर्नका लागि दिएको थियो । हामीसंग त्यस्को भिडीयो सहितको प्रमाण उपलव्ध छ । ।

कोभिडको राम्रो उपचार गरिरहेको भन्दै जनकपुरधामका एक समाजीक संस्थाले कोरोना उपचारमा सहयोग पुरयाउने उदेश्यले हाइ फलो नेजल केनुला हस्तान्तरण गरेका थिए । अस्पतालका संचालक डा.सिंह दम्पती हुनुहुन्छ ।