• नरेन्द्र महतो

महोत्तरी :  जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रहलाद केसीले वीरगञ्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा डीएसपी केसीले औषधि पसलमै पसेर ती कर्मचारीलाई हातले, खुट्टाले अनि आफूसँग भएको लठ्ठीले कुटेको देखिएको छ ।

मेडिकल कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भिडियो बुधबार साँझदेखि समाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो ।

एक मिनेट १२ सेकेन्डको भिडियो सीसीटीभीमा कैद भएको हो ।

भिडियो सामाजिक संजालबाट भाइरल भिडियोलाई अहिले वीरगञ्जबासी लगायतका यहाँका अधिकांश व्यक्तिहरुले आफनो फेसबुकमार्फत शेयर गरिरहेका छन् । भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन् ।