मधेश टप डेस्क

जनकपुरधाम :  जनकपुरधाम बिहिबार थप ६ हजार ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

थप २० हजार ४१४ जनाको पिसिआर परीक्षण तथा ५७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ६ हजार ७३१ तथा एन्टिजेनबाट २०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख ९८ हजार ६४ जना पुगेको छ । हाल १ हजार ९ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। हालसम्म ४ लाख १८ हजार ८२९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७७ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार ४७६ सक्रिय सङ्क्रमित रहेका छन् ।