• पवन प्रसाद साह

वीरगञ्ज :  मिति २०७८।०१।१६ गते देखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका निम्न नम्बरका ८ वटा भारतीय मोटरसाइकलहरूलाई यस कार्यालयबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई रु.५,८५,०००।– (पाँच लाख पच्चासी हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्सा का प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।


निम्न:-
१. BR05M7902
२. BR05R1284
३. BR22B7157
४. BR05M1556
५. BR05L4101
६. BR22AF2449
७. BR05T6757
८. BR01DM4602