विसुन देव सरदार

सिराहा जेठ १३ (मधेश टप): हिजोआज तराई मधेशमा प्रत्येक दिन बादल लाग्छ , चट्याङ आउँछ , हुरी बतास सँगै वर्षा हुन्छ ।

त्यसकारण आम सर्वसाधारण तथा किसान चिन्तित देखिएका छन। अहिले मधेशमा अौँलो ज्वरो , रुघाखोकी , विरामी समेत बढदै गएको छ। कोविड-१९ महामारीको दोस्रो लहरका कारण मानिसमा त्रासको घर बनेको छ। अहिलेको समयमा मान्छे दु: ख , कष्ट , पिडा आफ्नै परिवार जनमा बाँडिरहेका छन।

विरामी सोच्छ यदी मेरो विरामी भएको खवर बाहिरियो भने प्रहरी समात्ने डर छ। यता ठुला वडा किसानलाई समेत लगातार वर्षा र हावाहुरीले चिन्तित बनाएको छ।

किसान को लागि बीउ छर्ने , बेला खेत तयार गर्ने बेला भएको छ। लगातार पानी पर्नाले निमुखा जनता बिरामी हुनु तपाईं स्वयंम निर्णय गर्नसक्नु हुन्छ । अहिले सरकार र ठुला नेता फैदै फैदा भएको छ। त्यसकारण सर्वसाधारण सँग अनुरोध आफ्नो सुरक्षा आफैँ गर्नुस ।

आउँदो चुनावका लागि यस्ता नेताका लागि तपाईं आफैं विचार गर्नुपर्ने देखिन्छ । नेपालमा धेरै जसो प्राकृतिक घटनाहरु भइरहन्छ जसमध्ये बाढी र हावाहुरी पनि एक हो । सडक बाटो धाटो फोहोरी देखिएको छ । आर्थिक वर्ष सकिन्न लाग्दा विकास निर्माण कार्यहरु ठप्प परेका छन।