काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै लागू गरिएको निषेधाज्ञा आजबाट थप कडाई गरिएको छ । उपत्यकामा आजबाट किराना पसल समेत बन्द गरिएका छन् । मानिसलाई हिँडडुल गर्न पनि अत्यावस्यक काम बाहेकको अवस्थामा रोक लगाईएको छ भने तरकारी, दुध, फलफुल, पानी र ग्यास पसल बिहान ९ बजे सम्म खोल्न दिईएको छ ।

खाद्यन्न सहित अत्यावस्यक सामान चाहिएमा साल्ट ट्रेडिंग र व्यापार कम्पनीमा सम्पर्क गरेर ल्याउन पाईने व्यवस्था गरिएको छ । जेठ २० गते सम्म निषेधाज्ञा कडाई पूर्वक लागू गरेर त्यस पछि कोरोनाको चेन ब्रेक भएमा सहज बनाउदै लैजाने तयारी गरिएको छ ।

पछिल्लो दिनमा संक्रमणमा केही कमी आउने क्रम बढेको छ भने निको हुने बढीरहेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा शुरु भएको थियो ।