मधेश टप डेस्क जनकपुरधाम :
प्रधानमन्त्री ओलिको सिफारिसमा एकाएक मध्यरात असंवैधानिक र अलोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा विद्यार्थी नेता बिकास यादवले भने, ‘यस्तो रास्ट्रपति र प्रधानमन्त्री देश नै बर्बाद पार्ने गर्नेछ । असंवैधानिक तरिकाले विघटन गरेको देशबाट निकला गर्नु पर्छ ।

’ त्यस्तै प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै उनीहरुले मधेस विरोधी गतिविधि बन्द गर, संसद विघटन गर्न पाइदैन जस्ता नारा लगाएका थिए ।

विद्यार्थी नेता सत्रुधन यादवले भने, ‘रास्ट्रपतिले असंवैधानिक प्रक्रियाबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र उनलाई सहयोग गर्ने आफ्नै जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलाई पार्टी बिधान, बिधि र प्रक्रिया मिच्ने काम गरेको हो ।

यसलाई बिधान अनुसार कार्वाही गरिनु पर्छ ।’ पछिल्लो समय प्रधानमन्त्री र रास्ट्रपति कदम विरुद्ध युवा विद्यार्थीहरुले आक्रोशित भएको छ । बिरोध प्रदर्शनमा नगर अध्यक्ष बिसुनदेव साह, युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापरी सहित युवा नेता अक्षय यादव, मुकेश यादव, रामकुुुमार यादब र रामप्रकाश यादव सहित नेता कार्याकर्ताहरु उपस्थिति रहेको थियो ।