जनकपुरधाम । जनकपुरको यी क्षेत्र  मुख्य बजार र मुख्य सडकमा थुप्रिएको फोहोरले यहाँको अवस्था धेरै दुर्गम बनेको छ । जनकपुरधाम प्रदेश २ को केन्द्र हो तर यो फोहोरको राजधानी समेत रहेकोे स्थानीय जनताको यस्ता धेरै गुनासो रहेका छन् ।

जनकपुरधाम उप(महानगरपालिका भित्रका धेरै ठाउँमा जताततै फोहरै फोहर रहेको छ । सुन्दर, शान्त, सफाका नारा पटक(पटक प्रयोग गर्नमा पछि नहटने र अभियान चलाउने केही स्थानीय नेता र जनकपुरबासी फोहोर भने सडकमै फाल्छन । साथै यहाँको ठुलो समस्या यो पनि छ कि समयमै फोहर नउठेपछि दुर्गन्धित जनकपुरधाम बन्दै आएको छ ।

जनकपुरधाम डेँगु मलेरियाका कारखाना नै बनेको छ। जनकपुरधामको मुख्य समस्या भनेकै फोहोर हो । यहाँ उचित ‘डम्पिङ साइट’ को अभावले सडक पेटीमै फोहोर फ्याँक्न बाध्य छ ।

फोहोर फाल्ने स्थायी ठाउँको अभावमा जनकपुर दुर्गन्धित बन्दै गइरहेको छ। नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको पनि अभाव छ।

नगर क्षेत्रको विकासका लागि बर्सेनि आउने अर्बौं रुपैयाँ नगरको विकासमा नभएर राजनीतिक भागबन्डामा सकिने भएकाले विकासले गति लिन नसकेको नगरवासीको आरोप छ। राजनीतिक खिचातानीले जनकपुरको फोहोर व्यवस्थापन काम हालसम्म भएको छैन ।