मधेश टप डेस्क, 

काठमाडौँ जेठ १४ गते :  चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी गरिएको छ ।