नरेन्द्र महताे/ गाैशाला (मधेश टप): दुई दिन देखि लगातारकाे वर्षाले जनजिवन निकै प्रभावित भएका महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाका मुसहर तथाअति विपन्न परिवारले जनाएका छन ।

माैसम विभागले जानकारी दिएकाे र जिल्ला प्रशासनले अाग्रिम सुचना दिए पनि स्थानिय निकाय तथा प्रशासनले कुनै वैकल्पिक तथा अापत्तकालिन व्यवस्था नगर दिएकाेले राति देखि नै अर्काकाे घरमा समय काटिनु बाहेक कुनै उपाय नरहेकाे वडा न ४ रजखाेर ,६ फुलकाहा, ७ मनहरवा ८ वेलगाछि र ९ भरतपुरमा बस्ने मुसहर तथा विपन्न परिवारहरुले जनाएका छन ।

सचेत गराएर हुँदैन समस्या तिर ध्यान दिनु पर्छ तर त्यसाे कुनै समवन्धित निकायमा देखिएन । जिवनमा यस्ताे दुःख अाउँछ भने कहिले साेचका थिएन ।

काेराेनाकाे कारण लकडाउन लगाएकाेले कुनै काम काज तथा बाहिर पनि जाने अवस्था नरहेकाे र वर्षाकाे कारण राम्राे सँग घर परिवारमा पनि बस्न पनि नपाएकाले याे भन्दा राम्राे मृत्यु भई दिएकाे भए याे दिन देख्ने पाउने थिएन उनिहरुले रुदै अा अाफ्नाे समस्या बताए ।

लकडाउन र वर्षाकाे कारण अाफु बाँच्नु र अरुलाई बचाउनु मानव कल्याण भए पनि अाफु सँग घर पनि छैन अन्न अनाज तथा रुपैया पैसा पनि छैन भने मानव कल्याण कसरी हुन सक्छ उनिहरुले अाफैमा प्रश्नन गरे ।स्थानिय सरकार भए पनि गरीवहरुकाे लागि नभएर धन र वल वालाहरुकाे लागि मात्र भएकाे अनुभुति हुन्छ।

वाहिरकाे मान्छेकाे कुरै नगर्नु वडा वडाकाे प्रतिनिधिहरु पनि अहिले सम्म हेर्न नअाएकाेमा उनिहरुले गुनासाे गरे।यस्तै हाल साेनमा,सम्सी,अाैराही र रामगाेपालमा रहेका मुसहर तथा अतिविपन्न परिवारहरुकाे पनि रहेका छन ।यता सवै पालिकाका जनप्रतिनिधिहरुले उहाँहरुकाे समस्या प्रति हामि गम्भिर भएका छाै छिटै समस्याकाे समाधान हुनेमा जाेड दिएका छन ।