बीरगंज । पहिलो पटक प्रयोशालाबाट (ल्याब) दुईजनामा ब्ल्याक फङ्गस (कालो ढुसी) अर्थात म्युकोर्माइकोसिस पुष्टि भएको हाे ।कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएर निको भएका दुईजनामा ब्ल्याक फङ्गसको सङ्क्रमण पुष्टि भएको हो ।

मङ्गलम डाइग्नोष्टिक सेन्टर अनुसार कोरोना सङ्क्रमण मुक्त भएका दुई जनामा व्यक्तिहरुको केओएच परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियाे । सेन्टरका सञ्चालक एवम् वरिष्ट प्याथोलोजिष्ट प्रोफेसर डा. अमरनाथ (एएन) ठाकुरले फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको थियाे ।

अर्को एकजनाको कल्चरको रिपोर्ट आउँन बाकी रहेको हाे । डा. ठाकुरले म्युकोर्माइकोसिस दुई चरणमा पत्ता लाग्ने गरेको हाे । ‘ पहिलो केओएच टेष्ट गर्नुपर्ने हुन्छ ।

फङ्गस इन्फेक्सन हो की होइन पत्ता लगाउँछ । कुन फङ्गस इन्फेक्सन हो भन्ने पत्ता लगाउँन कल्चर गर्नुपर्ने हुन्छ । एक साता सम्मको समय लाग्न सक्छ ।’ इन्फेस्क्स पत्ता लागेपछि फङ्गस कुन जाति हो । कल्चर गरेर पत्ता लगाइने भनुभयाे । म्युकोर्माइकोसिस दुर्लभ, खतरनाक फङ्गल सङ्क्रमण हो ।

यो पछिल्लो समय कोरोना सङ्क्रमितमा देखा परिरहेको हाे । यसले सङ्क्रमितको नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउनुभयाे ।

नारायणी अस्पतालका वरिष्ट चिकित्सक डा. निरजकुमार सिंह अनुसार नेपालमा पहिलो पटक प्रयोशालाबाट ब्ल्याक फङ्गस सङ्क्रमण पुष्टि भएपनि यसअघिनै यो सङ्क्रमणबाट दुइ जना को मृत्यु भइसकेको हाे ।

ब्ल्याक फङ्गसका शङ्कास्पद सङ्क्रमित मध्ये एकजनाको काठमाडौँ स्थित मेडीसिटी अस्पताल र एक जनाको वीरगञ्जस्थित एड्भान्स अस्पतालमा मृत्यु भएको हाे । काठमाडौँमा मृत्यु भएका सङ्क्रमितलाई वीरगञ्जबाट रेफर गरिएको हाे ।

‘क्लिनिकली अहिले प्रमाणित भए पनि यस अघिनै २ जनाले ज्यान गुमाई सकेका छन् ।’ ‘ उनीहरुमा सङ्क्रमण भएनभएको टेस्ट गर्न ल्याब पठाउँनु भन्दा पहिला नै उनीहरुको मृत्यु भइसकेको थियो ।’ अहिले सम्म ८ जनामा ब्ल्याक फङ्गसको सङ्क्रमण देखिएको हाे ।