मधेश टप डेस्क,

जनकपुरधाम : प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि  शैलेन्द्र प्रसाद साहले  दोश्रो चरणको कोरोना संक्रमणबाट सचेत रहन सहित घरमै गणतन्त्र दिवस मनाउन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लामो राजनीतिक आन्दोलन तथा शहिदहरुको बलिदानी बाट प्राप्त गणतन्त्रको रक्षा एवं सुद्रढिकारणका लागि सम्पूर्ण गणतन्त्र पक्षधरनेपालीहरु बीच एकताको अपरिहार्यता अझै कायम रहेको छ ।

गणतन्त्र प्राप्तिका लागी ज्यानको आहुति दिनुहुने महान शहिदहरु प्रति हार्दिक श्रदासुमन अर्पण गर्दै उहाहरुको लागि देखाउनु भएको बाटोमा हिड्न प्रदेश सरकार सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

त्यस्तै, कृषि मन्त्रि शाहले कुनै समस्या र अप्ठ्यारो भएमा जानकारी गराउन अनुरोध गरेको छ ।