(मधेश टप) शनिबार १५ जेष्ठ ,बिरगंज । कोभिड- १९ महामारी लाई ध्यान मा राख्दै आज सातौं दिन निरन्तर झै बिर्ता मंदिर चौक मा समाजसेवी तथा नेपाली काँग्रेस पर्सा क्षेत्र नं १ का सभापति बिजय सर्राफ को नेतृत्व मा वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु ,राधा कार्की,ने का वडा – ४ का बुथ सभापती नथुनी साह कानु, बासुदेव साह कानु,मेहराज आलम, सुनिल मानन्धर,माजिद मीया,रामेश्वर गुप्ता,रहमद्दिन सिद्दीकी,मोती लाल साह कानु,जितेन्द्र सिंह ,गोविन्द गुप्ता, राजकपूर साह कानु,सुदर्शन श्रेष्ठ,सोनु तिवारी लगाएत समाज सेवी हरू को उपस्थिति मा दिन,दुखी ,असहाय तथा दैनिक ज्यालादारी गर्ने मजदूर हरू लाई एक समय को खाना स्वरूप पोष्टिक प्रोटीन युक्त खाना चिकन बिरयानी बितरण गरिएको छ। लाभान्वित हरुको इम्युनिटी पावर बढोस भनी मासु सहित को चिकेन बिरियानी बितरण गर्दै आइरहेको र लकडाउन अवधी भरी निरन्तरता दिने सभापती सराफ ले जानकारी गराए ।