• नरेन्द्र महताे

महाेत्तरी :  महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा बनाईएकाे सडक गुणस्तरीए नभएकाेले एक वर्षमै टुट ,फुट र फेरी अर्काे सडक बनाउन थालेमा गुणस्तिरिय हुनेमा सर्वसधारणकाे शंका  महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे निगाैल चाैक देखि पुर्व अाैराही सम्म गतवर्ष बनाईएकाे सडक गुण स्तरीहिन भएकाेले वर्ष दिन नवितिदै भत्तकन शुरु भईसकेकाेले सर्वसधारणहरुअाश्चर्य चकित भएका छन ।

कराडाै कराेडकाे लगानि लगाएर बनाईएकाे सडक भत्तकिन्न थाले पछि कुनै पक्षले जिम्मावारी लिन मानिरहेका छैन ।

कमर्सियल बालुवा ,ढुंगा,अलकत्राकाे प्रयाेगकाे कारण याे अवस्था अाउने गरेकाे स्थानियहरुले जनाएका छन ।याे सडक बनाउन शुरु हुने वित्तिकै तत्तकालि ने क पा का महाेत्तरी जिल्लाका क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य तथा मंत्रि गिरीराजमणि पाेखरेल तथा जसपा नेता शरदसिंह भण्डारीकाे पि.ए तथा स्थानिय नेताहरु द्वारा अाफ्नाे नेताकाे पहल ल्याएकाे वजेटकाे जाेडदार दावि गरेका थिए तर अहिले सम्म उक्त विषय गाैन नै छ।

अाज सवै पि.ए. तथा स्थानिय नेताहरु यसै बाटाे बाट जाने अाउने गरे पनि कसैले पनि यसकाे विराेध नगरेकाेमा स्थानियहरु गुनासाे गरेका छन ।कुनै पनि सडक समय अवधि हुन्छ यदि त्याे समय सिमा भित्रमा सडक टुट फुट गरेमा उसकाे मर्मत गराउने जिम्मा ठेकेदार तथा सडक डिभिजन कार्यालयकाे नै हुन्छ तर दुरभागयकाे कुराे हाे ,अहिले सम्म कुनै पक्षले जानि जानि ध्यान दिएकाे छैन । यता यहि डर अहिले गाैशाला वासिहरुलाई सत्ताई रहेका छन।

गाैशालाकाे निगाैल चाैक देखि पशिच्म माेडहा पुल चाैक सम्म मापदण्ड विना सडक बनाउन शुरु गरेकाेमा स्थानियहरु द्वारा विराेध गरेकाेले काम काज तिन देखि थप भएका छन तर कहिले देखि पु:न शुरु हुने त्यसकाे गाईरेन्टि नभएकाेमा स्थानियले विराेध गरेका छन किन कि यहि सडक केहि साल पहले नेकपाका सरकारकाे पालमा बनाईएकाे थियाे तर बनाएकाे सडक ६ महीना सम्म पनि टिकन नसकेकाेले फेरी बनाउन लागेकाे सडक कति महीना टिकने हाे त्यसकाे हिसाव किताव कसै सँग नरहेकाेमा शंका उवज्जेका छन ।

सडक बनाउन हामिले विराेध गरेका छैन तर सडक बनाउने माप दण्ड र स्टिमेट अनुसार नभएकाेले जसपाका स्थानिय नेताहरु द्वारा विराेध भएकाे उनिहरुले जनाएका छन।

सडक बनाउन ठुलाे रकमकाे अाबश्यकता परेकाेले त्यहि अनुसार बजेट राखेर सडक बनाउन स्थानियहरुले अनुराेध गरेका छन ।