मधेश टप
महोत्तरी, जेठ १६ :
महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर दुइ दाजुभाइको ज्यान गएको छ । शनिवारनै डुबेका थिए बालकहरु|

ज्यान जानेमा रामगोपालपुर नगरपालिका –९ गोठबनौलि बस्ने रामकरण मणडलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल रहेको कुरा प्रहरीले जनाएको छ ।

डुबेको ठाउ घर नजिकै रहेको एमपीएस इटा उधोगले इटा बनाउन माटो झिकेको (खनन) गरेको खाल्डोमा शनिबार दाजुभाई डुबेका थिए । दुबै बालकको शवलाइ मुचुल्का उठाई पोस्टमार्टमको लागि जलेश्वर जिल्ला अस्पताल लगिएको छ ।

घटना वारे थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रस्ट जनाएको छ ।